इजिप्टलाई स्तब्ध पार्दै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा
फिफा विश्वकप २०२६ मा अर्जेन्टिनाले अविश्वसनीय पुनरागमन गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ। अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध २–० ले पछि परेको अर्जेन्टिनाले अन्तिम १३ मिनेटमा ३ गोल गर्दै ३–२ को रोमाञ्चक जित निकाल्यो।
७९ औं मिनेटसम्म इजिप्ट २–० ले अगाडि थियो। तर त्यसपछि क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनाको पुनरागमन सुरु गरे। त्यसपछि कप्तान Lionel Messi ले बराबरी गोल गरे भने इन्ज्युरी समयमा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए।
यो जितसँगै साविक विजेता अर्जेन्टिनाले विश्वकप उपाधि यात्रालाई निरन्तरता दिएको छ।
Tags
Khelkud
