तमानखोला–४ लाम्मेलामा राष्ट्रिय परिचयपत्र वितरण

 तमानखोला–४ लाम्मेलामा राष्ट्रिय परिचयपत्र वितरण




बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–४, लाम्मेलामा राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ। राष्ट्रिय परिचयपत्रका लागि यसअघि विवरण दर्ता गराएका नागरिकहरूलाई सम्बन्धित व्यक्तिको परिचय खुल्ने कागजातका आधारमा परिचयपत्र हस्तान्तरण गरिएको हो।


वडा कार्यालयले परिचयपत्र तयार भएका सबै सेवाग्राहीलाई समयमै उपस्थित भई आफ्नो राष्ट्रिय परिचयपत्र बुझ्न आग्रह गरेको छ। परिचयपत्र वितरणसँगै नागरिकलाई सरकारी सेवा प्रवाह थप सहज, छिटो र प्रभावकारी हुने अपेक्षा गरिएको छ।



वडा कार्यालयले अझै परिचयपत्र नबुझेका नागरिकलाई आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क गरी आफ्नो राष्ट्रिय परिचयपत्र बुझ्न अनुरोध गरेको जनाएको छ।

Post a Comment

Previous Post Next Post