तमानखोला–५ मा राष्ट्रिय परिचयपत्र वितरण सुरु

 

तमानखोला–५ मा राष्ट्रिय परिचयपत्र वितरण सुरु



बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–५ को वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरिएको छ।

वडा अध्यक्ष ले सामाजिक सञ्जालमार्फत राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको जानकारी दिँदै सम्बन्धित सबै वडावासीलाई आफ्नो राष्ट्रिय परिचयपत्र लिन वडा कार्यालयमा उपस्थित हुन अनुरोध गरेको छ। वितरण कार्यको जानकारीसहित वडा कार्यालयले परिचयपत्र ग्रहण गरिरहेका सेवाग्राहीहरूको तस्बिरसमेत सार्वजनिक गरेको छ।

वडा अध्यक्ष हिरा बहादुर सिर्पालीले राष्ट्रिय परिचयपत्र तयार भएका सम्पूर्ण नागरिकलाई आवश्यक कागजातसहित समयमै वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचयपत्र बुझिलिन आग्रह गर्नुभएको छ। उहाँले राष्ट्रिय परिचयपत्र नागरिकको पहिचानसँग जोडिएको महत्वपूर्ण सरकारी दस्तावेज भएकाले समयमै प्राप्त गरी सुरक्षित राख्न पनि अनुरोध गर्नुभएको छ।


Post a Comment

Previous Post Next Post