बागलुङमा पहिरोमा परी ११ जनाको मृत्यु तथा एक जना सम्पर्कविहीन
बागलुङ — जिल्लाका विभिन्न पालिकामा गएको पहिरोमा परी हालसम्म ११ जनाको ज्यान गएको तथा एक जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ। मृतक तथा सम्पर्कविहीन व्यक्तिहरूको विवरण पालिकागत रूपमा यस्तो छ।
१. निसीखोला गाउँपालिका
श्यामकुमारी विक — वडा नं. ३
मनोज विक — वडा नं. ३
मुकेश विक — वडा नं. ३
निशान विक — वडा नं. ३
सुज घर्ती मगर — वडा नं. ६
२. तमानखोला गाउँपालिका
बुद्धिराज घर्ती — वडा नं. ३
भीमबहादुर घर्ती — वडा नं. ३
हस्तवीर श्रीपाली — वडा नं. ४
उदिसरा विक श्रीपाली — वडा नं. ४
एक जना — वडा नं. ४, सम्पर्कविहीन
३. ताराखोला गाउँपालिका
मनबहादुर रोका — वडा नं. ५
सम्बन्धित स्थानीय तह तथा सुरक्षा निकायले पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

